अपडेट 
२०८० आश्विन २७, शनिबार ०७:५२

राजदेवी मन्दिरको विजयादशमी पुजनोत्सव कार्यक्रम सार्वजनिक गरिएको छ । महावीर युवा कमिटिद्वारा विजयादशमीमा गरिने पुजनोत्सवको दस दिनको कार्यक्रम शुक्रबार सार्वजनिक गरिएको छ ।

कमिटिका अध्यक्ष अजय गुप्ताले घटस्थापना देखि रावणवद्ध सम्मको कार्यक्रम सार्वजनिक गरेका छन् । असोज २८ गत्ते घटस्थापना पूजा रहेको छ भने कार्तिक ४ गते बिहान बेलतोरी कार्यक्रम र साँझ साढे ६ बजे भव्य श्रृगार एवम महाआरती कार्यक्रम हुने जनाइएको छ । त्यसैगरि कार्तिक ५ गते महाष्टमीमा सन्ध्या सातबजे देखि बली प्रदान कार्यक्रम रहेको छ ।

त्यस्तै कमिटिले कार्तिक ७ गते मंगलबार मर्यादा पुरुषोत्तम भगवान श्रीरामचन्द्रको दिउँसो १ बजे भव्य विजय जुलुस मनाउने छ भने साँझ ६ बजे धनुष सागरको डिलमा रावण वधको कार्यक्रम तय गरिएको अध्यक्ष गुप्ताले जानकारी दिए । त्यसैगरि सोहि राति संध्या सातबजे नौ कन्याको भोजन र राति आठ बजे राजदेवी माता मन्दिर परिसरमा महाप्रसाद वितरण गरिने लगायतको कार्यक्रम रहेको छ । यस पटक बोका बली प्रदानका लागि रसिद शुल्क गत वर्षकै (रु २००) रहेको अध्यक्ष गुप्ताले जनाएका छन् ।

यस वर्ष फोहर संयोजनका निमित जनकपुरधाम उपमहानगरपालिकासंग संयोजन गरिएको र बली प्रदान गर्नेहरु जनकपुरधाम उपमहानगरपालिकाले सेमी प्लास्टिकका बोरा प्रदान गर्ने जनाइएको छ । सुरक्षा व्यवस्थालाई मध्येनजर गर्दै मन्दिर परिसर र वरिपरि ३२ वटा सिसि क्यामरा जडान गरिएको उनले बताए । अध्यक्ष गुप्ताले सकेसम्म महँगो गरगहनालगायतका सरसामान लिएर मन्दिर नआउन सबै श्रद्धालुसंग आग्रह गरे ।

Comment


Related News