अपडेट 
२०८० आश्विन २७, शनिबार ०८:१३

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल कुमार अग्रवालले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटघाट गरेका छन् ।

भेटघाटका क्रममा अध्यक्ष अग्रवालले व्यवसायीहरुले भोगिरहेको समस्याका बारेमा ध्यानाकर्षण गराए । उनले हाल वीरगञ्जलगायत पर्सा बारा क्षेत्रका उद्योग व्यापारमा आएको समस्या र व्यवसायीक कठिनाईहरुका बारेमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका छन् ।

अध्यक्ष अग्रवालले उद्योग व्यवसायको प्रवद्र्धन र विकासका लागि नियमनकारी निकायहरु कर, भन्सार, राजस्व, प्रहरीका अवरोधक हाल स्थगित गरी उद्योगी व्यवसायहरुको मनोबललाई उच्च बनाएर अर्थतन्त्रलाई चलायमान र गतिशील बनाउनुपर्ने आवश्यकता माथि जोडदिँदै अहिलेको समयमा राजस्व संकलनमा आएको कमीप्रति नेपाली निजी क्षेत्र पनि चिन्तित रहेको जानकारी प्रधानमन्त्री दाहाललाई दिए । उनले राजस्व संकलन वृद्धि गर्न भन्सार मूल्यांकनलाई पारदर्शी बनाउने, सन्दर्भ पुस्तिकालाई व्यवस्थित र वैज्ञानिक बनाउने जस्ता काम गर्न सके आयात र निर्यातको सन्तुलन सँगसँगै स्थानीय व्यापार र राष्ट्रिय अर्थतन्त्र चलायमानमा ठूलो सहयोग पुग्ने बताए ।

भेटघाट कार्यक्रममा मधेश प्रदेशका उद्योग वाणिज्य तथा पर्यटन राज्यमन्त्री रहबर अंसारी, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका प्रशासकीय अधिकृत मनोज उपाध्यायको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News