अपडेट 
२०८० आश्विन २८, आईतवार ०७:४९

नेकपा एमालेको मधेश प्रदेश समिति सर्वसम्मतिले चयन भएको छ ।

६ वटा प्रदेशमा चुनावबाट नेतृत्व चयन भए पनि मधेश प्रदेशमा सर्वसम्मतिबाट नेतृत्व चयन गरी पार्टीमा गुटबन्दी नरहेको सन्देश दिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार उद्घाटन गरेको अधिवेशनले शनिबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिबाट नेतृत्व चयन गर्न भन्दै अध्यक्षमा चन्देश्वर मण्डलको नाम सारेका थिए ।

२ सय ३५ सदस्यीय प्रदेश समितिमा निर्वाचन प्रक्रियाबाट अध्यक्ष सहित ५ जना पदाधिकारी र २ सय १६ जना सदस्य छानिएका छन् । बिधान अनुसार १० प्रतिशत मनोनित सदस्य रहने छ । २४ जनालाई प्रदेश समितिले मनोनित गर्ने बताइएको छ । प्रदेश समितिमा परिपक्व नेता र युवाहरुको प्रतिनिधित्व भएको छ ।

सर्वसम्मति हुँदा परिपक्व नेताहरुको संख्यात्मक प्रतिनिधित्व बढेको छ । नेतृत्व चयनका लागि चुनाव हुँदा युवाहरुको संख्या अत्यधिक हुने थियो ।सहमतिमा युवाहरुको प्रतिनिधित्व बढन सकेन् । सहमतिमा एमालेका सचिव समेत रहेका धनुषाका नेता रघुवीर महासेठलाई बढी फाइदा मिलेको बताइएको छ । पदाधिकारीमा उनले उपाध्यक्ष र उपसचिव पाएका छन् ।

उपाध्यक्षमा पर्साका बिचारी यादव र उपसचिवमा धनुषाका मोहम्मद कैस चयन भएका छन् । अध्यक्ष बनेका सिरहाका चन्देश्वर मण्डल अध्यक्ष अ‍ोलीका विश्वास पात्र लिलानाथ श्रेष्ठ निकट रहेका छन् । प्रदेशको राजनीतिमा उनी युवा नेता सरोज यादवलाई सहयोग गरिररहेका छन् । चुनावमा गएको भए मण्डलले यादवलाई नै साथ दिने निश्चित थियो । जिल्लागत रुपमा भएको प्रदेश सदस्य चयनमा धनुषामा नेता महासेठले एकलौटी गरेका छन् । धनुषाबाट ३६ जना प्रदेश सदस्य चयन भएका छन् ।

नेता महासेठले युवा नेता रामकृष्ण यादव(सचिन)लाई प्रदेश सदस्य बन्न दिएनन् । धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ र ४ मा पूर्ण कब्जा जमाएका महासेठले क्षेत्र नम्बर १ र २ मा पनि आफ्नो वर्चस्व कायम गरेका छन् । तर समग्र प्रदेश समितिमा महासेठ कमजोर देखिएका छन् । धनुषामा महासेठले गरेजस्तै महोत्तरीमा सरोज यादवले एकतर्फी गरेका छन् ।

महोत्तरीमा महासेठ निकटहरु प्रदेश समितिमा पर्न सकेका छैनन् । प्रदेशको नेतृत्व चयनमा महासेठ र सरोज यादवबीच मुख्य रुपमा प्रतिस्पर्धा देखिएको थियो । सुमन प्याकुरेल लगायतका नेताहरुले सरोजलाई साथ दिएका थिए । अध्यक्षका उम्मेदवार रहेका लक्ष्मीनारायण यादवलाई लेखा समितिको संयोजक बनाइएको छ ।

Comment


Related News

Latest News

Trending News