अपडेट 
२०८० आश्विन २८, आईतवार ०७:५८

जनता समाजवादी पार्टी (जसपा) धनुषामा विवाद चर्किएको छ । करिब एक वर्ष पहिला विघटन भएको नगर कमिटी गठनका लागि बनेको कार्यदलले दिगम्वर साहको नेतृत्वमा कार्यसमिति विस्तार गरेपछि पार्टीका अध्यक्ष पशुपति यादवले समेत समानान्तर कमिटी गठन गरेका छन् ।

अध्यक्ष यादवले विष्णुदेव साहको नेतृत्वमा शनिवार कमिटी गठन गरेको घोषणा गरेका छन् । कार्यदलले मधेश प्रदेशका पूर्व मन्त्री ज्ञानेन्द्र यादव, राजनीतिक समिति सदस्य लालकिशोर साह, नेता जितेन्द्र यादवलगायतका नेताहरुको उपस्थितिमा दिगम्बर साहको नेतृत्वमा कार्यसमिति गठन गरेका थिए भने यादवले आफ्नै प्रमुख आतिथ्यमा विष्णुदेव साहको नेतृत्वमा कमिटीको घोषणा गरेका छन् । नव गठित कार्यसमितिको उपाध्यक्षमा वासिम अकरम, विनोद यादव, प्रदीप साह छन् भने सचिवमा सन्तोष झालाई चयन गरेका छन् । त्यस्तै सह–सचिवमा प्रमोद साह, किरण साह र रामकृष्ण भण्डारीलाई चयन गरेको छ भने कोषाध्यक्षमा ममता महासेठलाई चयन गरेका छन् ।

समानान्तर कमिटी गठन भएपछि संगठनमा यसको प्रभाव पर्ने देखिएको जसपाका नेताहरु बताउँछन् । दुबै समूहलाई समेटेर एक ढिक्का बनाइ समिति गठन गर्नुपर्ने उनीहरुको भनाइ छ ।

यसभन्दा पहिला मधेश प्रदेशकै अन्य जिल्लाहरुमा समानान्तर कमिटी गठन भएको थियो । मधेश प्रदेशमा जसपा बलियो अवस्थामा रहेकै कारण विभिन्न अन्य दलको जालझेलका कारण जसपामा विवाद उत्पन्न गराइ पार्टीलाई कमजोर बनाउने प्रपञ्च रचिएको जसपाका नेताहरुको भनाइ छ ।

Comment


Related News

Latest News

Trending News