अपडेट 
२०८० आश्विन २९, सोमबार ०८:४७

मथिला डिर्पाटमेन्टल स्टोरको शाखा विस्तार गरिएको छ ।

दशौं वर्षमा प्रवेश गरेको अवसरमा स्टोरले आफ्नो तेस्रो शाखा विस्तार गरेको छ । स्टोरले जनकपुरधामको भ्रमरपुरा चोकबाट बजार जाने बाटोमा शाखा सञ्चालनमा ल्याएकोछ । स्टोरका मेनेजीङ्ग डाइरेक्टर हरिशंकर झाले सेवाग्राहीको स्नेह र सहयोगले स्टोरको तेस्रो शाखा सञ्चालनमा ल्याउन प्रेरित गरेको बताए ।

जनकपुरधामको शिव चोकमा सबै भन्दा पहिले संचालनमा ल्याइएको स्टोरले अधिक सफलता पाएपछि दोस्रो शाखाको रुपमा स्टोरले रामानन्द चौकमा संचालनमा ल्याएका थिए । त्यसपछि तेस्रो शाखाको रुपमा आइतबारदेखि जनकपुरधामको भ्रमरपुरा चोकमा संचालनमा ल्याइएको छ । स्टोरले विजया दशमीको अवसरमा पाँच देखि दस प्रतिशतको छुट सहित हजारदेखि पाँचहजार सम्मको खरिदमा विभिन्न किसीमको उपहार र छुटको व्यवस्था समेत गरेको डाइरेक्टर झाले बताए ।

Comment


Related News

Latest News

Trending News