
आर्या कम्पनीको औषधिमा लेदो र किरा फेला परेको छ । मधेश प्रदेशको बारा जिल्लाको छातापिपरामा अवस्थित आर्या कम्पनीको ल्यासोमिन सिरपमा सेतो लेदो र किरा फेला परेको छ ।
धनुषाको बटेश्वर गाउँपालिकाका अरुण सिंहले स्थानीय एक औषधि पसलबाट खरिद गरेको सिल प्याक ल्यासोमिन सिरपमा लेदो र किरा फेला परेको छ । सिंहका अनुसार सिल प्याक अवस्थामा रहेको औषधि आफ्नो बिरामी छोरालाई खुवाउन प्याकेट खोल्दा बोतलभित्र शंकास्पद वस्तु फेला परेको थियो । सिल प्याक अवस्थामा रहेको ल्यासोमिन सिरपको उत्पादन मिति मार्च २०२३ बोतलमा उल्लेख छ ।
म्याद सकिने मिति अगस्ट २०२४ उल्लेख रहेको बोतलको ब्याच नम्बर एफ एल एस एल ९००४३ रहेको छ । अरुण सिंहले औषधिमा लेदो र किरा परेको बारेमा कम्पनीका म्यानेजर दिपेन्द्र झालाई जानकारी गराउँदा औषधीमा लेदो र किरा भेटिनु सामान्य कुरा रहेको बताए । उनले भने यो मेरो कम्पनीमा मात्रै हैन अन्य कम्पनीमा समेत यस्तो समस्या आई रहन्छ, तपाइलाई हाम्रो कम्पनीको औषधि मन नपरे नकिन्नुस भन्दै जवाफ दिएका छन्