अपडेट 
२०८० कार्तिक २, बिहीबार १५:५०

साउदी अरबलाई ३ सय १ रनले हराउँदै नेपाल १९ वर्ष मुनिको एसिसी प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ ।

मलेसियामा नेपालले दिएको ३ सय ४८ रनको विशाल लक्ष्य पछ्याएको साउदी अरब १९ ओभर १ बलमा ४६ रन बनाउँदा अलआउट भयो । उसका वरुण सरावनन मुदाईअरले ११ रन बनाउनुबाहेक अरु कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका दिपेश कँडेलले आज पनि ६ विकेट लिए । उनले ९ ओभर १ बलमा १८ रन दिएर ६ विकेट लिए । उनले यसअघिको खेलमा पनि ६ विकेट लिएका थिए । यस्तै आकास चन्दले २ र सुवास भण्डारीले एक विकेट लिए । यसअघि मलेसियामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनायो ।

नेपालका अर्जुन कुमालले १ सय ११ बलमा १७ चौका र २ छक्कासहित १ सय ४२ रनको सानदार शतकीय पारी खेले । यस्तै, आकाश त्रिपाठीले ८९ रन बनाए । दीपक बोहराले २९, बिशाल बिक्रम केसीले २४, दिपेश कडेल र दिपकप्रसाद डुम्रेले १४–१४ रन बनाए भने मिलन बोहराले ९ रन जोडे ।

साउदी अरबका मोहम्मद अहमद र अहमद राजाले दुई –दुई विकेट लिए भने अब्दुल्लाह शिराज, जुहैर मोहम्मद र शजिव मुजिबुर रहमानले एक एक विकेट लिए । नेपालले पहिलो खेलमा इरानलाई २ सय ७४ रनले हराएको नेपालले दोस्रो खेलमा बहराईनलाई ७ विकेटले पराजित गरेको थियो । प्रतियोगिताको विजेता, उपविजेता र तेस्रो हुने टिम १९ वर्ष मुनिको एसिया कपमा छनोट हुनेछ ।

Comment


Related News