अपडेट 
२०८० कार्तिक ४, शनिबार ०७:३१

विजया दशमीको छैठौं दिन जनकपुरधामको दुर्गा शक्ति पीठहरुमा ‘बेलनौती’ गरिएको छ ।

दुर्गा शक्तिपीठहरुबाट बाजा गाजाका साथ पण्डित र पुजारी पुगेर बेल रुखलाई पूजापाठ गरी ‘बेलनौती’ गरिएको छ । शक्ति पीठमा माता दुर्गाको प्रतिमा स्थापना गर्दा आँखा बनाइएको हुँदैन । सप्तमीका दिन पूजा गरेपछि मात्र आँखा राखिन्छ । यो विधिका लागि षष्ठीका दिन बेललाई निमन्त्रण गर्ने चलन छ । जसलाई बेलनौती भनिन्छ । सोही अनुसार बेलको रूखको एउटै हाँगामा फलेको जोडा बेललाई रातो कपडामा बेरेर बेल निमन्त्रण गरिन्छ । सो बेललाई सप्तमीका दिन काटेर पालकीमा राखेल शक्ति पीठ ल्याउने चलन छ । पूजापाठ गरी ल्याउने बेलको पातको डाँठबाट दुर्गाको आँखा उघार्ने गरिन्छ, जसलाई पूर्ण आकारको दुर्गा जन्म भएको मानिन्छ ।

सोही क्रममा राम मन्दिरका महन्त राम गिरी र राजदेवी मन्दिरका पण्डित गणेश झालेपनि विधिपूर्वक राजदेवी माताका लागि बेलनौती गरेका छन् । सप्तमीका दिन नौतिएको बेललाई तोडेर भगवतीको डिम्भा (आँखा) उघार्ने परम्परा रहेको छ ।

 

Comment


Related News

Latest News

Trending News