अपडेट 
२०८० कार्तिक ४, शनिबार १७:४५

उन्नाइस वर्षमुनि (यू-१९) नेपाली राष्ट्रिय क्रिकेट टोलीले जापानलाई पराजित गर्दै एसीसी यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 

मलेसियामा आज भएको सेमिफाइनल नेपालले जापानलाई डकवर्थ लेविस पद्धतिमा एक सय ४४ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । नेपाल फाइनलमा पुगेसँगै पाकिस्तानमा हुने यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताका लागि पनि छनोट भएको छ ।

नेपाल २५ ओभरमा २ विकेट गुमाएर एक सय ४० रनको स्थितिमा रहँदा खेल वर्षाले प्रभावित भएको थियो । लामो समयसम्म वर्षाले खेल प्रभावित भएपछि निर्धारित ५० ओभरको खेललाई छोट्याएर २२ ओभरमा झारिएको थियो । जसमा जापानले २२ ओभरमा जितका लागि एक सय ८७ रनको लक्ष्य पाएको थियो । जवाफमा जापान ११ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ४३ रनमा समेटियो । जापानका शोतारो हिरात्सुकाले १५ र किप र यामामोटोले १३ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

नेपालका लागि हेमन्त धामी र दीपेश कँडेलले समान ३–३ विकेट लिए भने सुभाष भण्डारीले २ तथा आकाश चन्दले १ विकेट हात पारे । त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले २५ ओभरमा २ विकेट गुमाएर एक सय ४० रनको योगफल बनाएको थियो । 

Comment


Related News