
दशैंको आठौं दिन महाअष्टमीको अवसरमा विभिन्न शक्तिपीठमा मध्यरातिदेखि नै खोइँच भराई तथा लड्डु चढाउने श्रद्धालुहरुको घुइचो लागेको छ ।
आइतबार बिहानसम्म हजारौं महिलाहरुले राजदेवी मन्दिरमा खोइँच भरेका छन् भने सो भन्दा दोब्बर संख्यामा लड्डु (पसाद) चढाउने क्रम अहिले पनि जारी नै रहेको छ ।
सन्तानको दीर्घायु तथा पारिवारिक सुख, शान्ति तथा समृद्धिको कामना गर्दै महिलाहरु खोइँच भर्ने गर्दछन् ।
जनकपुरधामको राजदेवी मन्दिरसहित मधेश प्रदेशका शक्तिपीठहरुमा विशेष धुमधामका साथ पूजाअचर्ना जारी रहेको छ ।