अपडेट 
२०८० कार्तिक ६, सोमबार १२:२६

जनकपुरधामको प्रसिद्ध राजदेवी मन्दिरमा यस वर्ष १५ हजार २ सय ५१ बोकाको बली प्रदान गरिएको छ ।

राति ८ बजेर २० मिनेटमा सुरु भएको बोका बलि कार्यक्रम सोमबार बिहान ४ बजेसम्म चलेको थियो । महाअष्टमीको साँझ राजदेवीमा बोका बलि दिने परम्परा छ । स्थानीय महावीर युवा कमिटी, गणेश युवा कमिटी, राम युवा कमिटीले बोका बलिको व्यवस्थापन गरेका थिए ।

बलि दिन युवा कमिटीहरूले संयुक्त रूपमा उल्लेखनीय संख्यामा स्वयंसेवक परिचालन गरेका थिए । जनकपुरधाम गुठी संस्थानले बलि प्रदानका लागि प्रतिबोका २ सय रुपैयाँका दरले लिएको थियो ।

Comment


Related News

Latest News

Trending News