अपडेट 
२०८० कार्तिक १०, शुक्रबार ०९:२१

काठमाडौंमा जारी काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० श्रृंखलाको फाइनलमा उपाधिका लागि नेपाल र यूएईले प्रतिस्पर्धा गर्दैछन् ।

नेपाल र यूएईबीचको खेल आज बिहान ११ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ । यसअघिका लिग चरणका खेलहरु मुलपानी क्रिकेट मैदानमा खेलाइएको थियो ।

घरेलु टोली नेपाल लिग चरणमा अपराजित रहँदै फाइनल खेल्न लागेको हो । नेपालले समूह चरण ४ वटै खेल जितेर फाइनलमा पुगेको हो । नेपालले लिग चरणमा यूएईलाई ७ र ५ विकेट तथा हङकङलाई ६ विकेट र ७९ रनले हराएको थियो ।

यूएईले भने लिग चरणको एक खेल मात्र जितेको थियो । हङकङसँग फराकिलो हारका बाबजुद रनरेटका आधारमा यूएईले फाइनलमा स्थान बनाएको हो ।

नेपाल यूएईविरुद्धको अपराजित यात्रा कायमै राख्दै घरेलु मैदानमा उपाधि आफ्नो पक्षमा पार्ने रणनीतिमा छ । हालसम्म नेपाल र यूएईले एकअर्काविरुद्ध ७ खेल खेलेका छन् । जसमा नेपालले ४ र यूएईले ३ खेल जितेको छ ।

Comment


Related News

Latest News

Trending News