अपडेट 
२०८० कार्तिक १०, शुक्रबार ११:५३

महोत्तरीमा एक युवकको हत्या भएको छ । पिपरा गाउँपालिका- ५ हर्दियाटोलका  १९ वर्षीय आशिक पासवानको हत्या भएको हो ।

हत्या भएको अवस्थामा आशिकको शव बिहीबार साझ स्थानीय जगदिश शाहको खेतमा फेला परेको थियो ।

दुर्गा मेलामा भएको विवादको निहुमा स्थानीय दुई  युवकले मिलेर छुरा प्रहार गरी उनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।

हत्यामा संलग्न आरोपमा दुवै युवकलाई पक्राउ पनि गरिएको डीएसपी गिरीले बताए ।

घटनास्थलको मुचुल्का गरी आशिकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ । पक्राउ गरिएका दुवै युवकको अहिले नाम खुलाइएको छैन ।

Comment


Related News