अपडेट 
२०८० कार्तिक १०, शुक्रबार १४:२५

महोत्तरीका एक युवकको हत्या आरोपमा प्रहरीले दुईजना भारतीय  युवकलाई पक्राउ गरी सार्वजनीक गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला मधुबनी जयनगर घर भएका १९ वर्षीय दिपक मलिक र साहरघाट बसबरिया घर भएका १८ वर्षीय अमित मलिक रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

बिहीबार बेलुका करिब ४ बजेको समयमा पिपरा गाउँपालिका ५ हर्दिया टोल बस्ने १९ वर्षीय आशिक पासवानको स्थानीय जगदिश साहको खाली खेतमा शव फेला परेको थियो ।

शव फेला परेपछि घटनामा संलग्न रहेको आरोपमा पिपरा ५ स्थित आफ्नै मामाको घरमा बस्दै आएका दुबै जनालाई नियन्त्रणमा लिई सोधपुछ तथा अनुसन्धान गर्दा उक्त घटनामा उनीहरुको संलग्न रहेको खुल्न आएको प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।

यस सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Comment


Related News