अपडेट 
२०८० कार्तिक ११, शनिबार १०:५७

जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ ।

यही कात्तिक १३ गते दिउँसो साढे २ बजे पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी बैठक बोलाइएको पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार आगामी बैठकमा मधेस प्रदेशसभाका समानुपातिक सांसद विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त स्थानमा उम्मेदवार छनोट गर्नेबारे बैठकमा छलफल हुनेछ ।

साथै बैठकमा पार्टीको सङ्गठन विस्तार तथा सुदृढीकरण अभियानबारे समेत समीक्षा हुने उनले भनाइ छ । जसपाले गत भदौदेखि पार्टी विस्तार र सुदृढीकरणसम्बन्धी तीन महिने अभियान सञ्चालन गरिरहेको छ । 

Comment


Related News

Latest News

Trending News