अपडेट 
२०८० कार्तिक ११, शनिबार १९:००

महोतरीको कान्तिबजारमा सम्पन दोश्रो ‘स्व। मुन्नी मिश्रि स्मृती पुरुष भलिबल प्रतियोगिता २०८०’ को उपाधि कटरैत भलिव क्लब धनुषाले जितेको छ ।

शनिबार भएको फाइनल खेलमा जनज्योति युवा क्लब गोरहन्नालाई वेष्ट ५ सेटमा २–३ सेट अन्तरले पराजित गर्दै कटरैत भलिव क्लब धनुषाले उपाधि जितेको हो ।

सामुदायिक विकास युवा क्लब गौशाला १२ कान्तिबजारद्धारा आयोजित ‘स्व। मुन्नी मिश्रि स्मृती पुरुष भलिबल प्रतियोगिता २०८०’ मा विजयी भएको हो । विजयी कटरैतलाई नगद २१ हजार रुपैया र कप प्रदान गरिएको छ भने उप विजेयता गोरहन्नालाई नगद ११ हजार र कप प्रदान गरिएको छ । बर्दिबास नगरपालिकाका मेयर प्रहलाद क्षेत्रीले विजेयता र उप विजेयतालाई पुरस्कार र कप प्रदान गरेका थिए ।

दुबै टिक बीच कडा ठक्कर भएको थियो । अन्तिम ५ औ सेटमा पनि खेल अन्तिम समय एक अर्कोलाई टक्कर दिएको थियो । कटरैतका शैलेन्द्र यादव उत्कृष्ट खेलाडीको पुरस्कार पाए । कटरैतकै उदित यादव वेष्ट लिप्टर, गोरहन्नाका नितेश चौधरी वेष्ट स्पाइकर र रविन श्रेष्ठ वेष्ट बल्कोर चुनिएर पुरस्कार पाए ।

Comment


Related News