अपडेट 
२०८० कार्तिक १३, सोमबार ०८:५४

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो साढे २ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने छ ।

मधेस प्रदेश सभाका समानुपातिक सांसद चयन गर्ने विषयमा आजको बैठकमा छलफल हुने छ । समानुपातिक सांसद विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि रिक्त स्थानमा उम्मेदवार सिफारिस गर्न बैठक बस्न लागेको हो ।

बैठकमा पार्टीको संगठन विस्तार तथा सुदृढीकरण सम्बन्धि तीन महिने अभियानबारे समेत समिक्षा हुने बताइएको छ ।

Comment


Related News

Latest News

Trending News