२०८० कार्तिक १३, सोमबार १८:४०
जनता समाजवादी पार्टी (जसपा) नेपालले सञ्जिला कुमारी यादवलाई मधेस प्रदेश सभाका समानुपातिक सांसद बनाउने निर्णय गरेको छ ।
पार्टी कार्यालय बालकुमारीमा सोमबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समिति बैठकले यादवलाई मधेस प्रदेश सभाका समानुपातिक सांसद चयन गर्ने निर्णय गरेको हो ।

बिन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त स्थानमा जसपाले यादवलाई सिफारिस गर्ने निर्णय गरेको कार्यकारिणी सदस्य प्रकाश अधिकारले जानकारी दिनुभयो ।
बैठकमा संसदमा रहेको बिभिन्न बिधेयकहरुमाथि पनि छलफल भएको उहाले जानकारी दिनुभयो ।


