अपडेट 
२०८० कार्तिक १४, मंगलवार १५:१२

जनता समाजवादी पार्टीले पार्टीको केन्द्रीय कार्यालयको भवन निर्माण गर्न केन्द्रीय कार्यकारिणी समिति सदस्य लालबाबु राउतको संयोजकत्वमा भवन निर्माण समिति गठन गरेको छ ।

सोमबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यादवको नेतृत्वमा भवन निर्माण समिति गठन गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।

उनका अनुसार समितिमा अमरेशनारायण झा, बलराम महतो, न्हुच्छेलाल महर्जन, सिताराम साह र देवनारायण यादव रहेका छन्।

बैठकबाट गंगाराम यादव, विमलप्रसाद साह, शैलेश चौधरीलाई केन्द्रीय सल्लाहकार समितिमा र वीरेन्द्र यादवलाई सामाजिक सेवा तथा गैर सरकारी संस्था विभागमा मनोनयन गरेको उनले बताए ।

यस्तै, यसअघि केन्द्रीय कार्यालय समितिको अध्यक्ष वाक्यांश प्रयोग गर्ने गरिएकोमा अब उप्रान्त केन्द्रीय कार्यालय सचिव प्रयोग गर्ने निर्णय समेत गरेको छ।

Comment


Related News

Latest News

Trending News