अपडेट 
२०८० कार्तिक १५, बुधबार ११:४९

नेकपा एकिकृत समाजवादी पार्टीका नेता एवं विदेह नगरपालिकाको नगरप्रमुख पदका प्रत्याशी राजकिशोर रोहिताले नगरप्रमुख बेचन दासमाथी कडा कारबाही गर्न माग गरेका छन् । नगरप्रमुख दास र उनकै भाई प्रदेशसभा सदस्य लखन दासले गुण्डा लगाएर स्थानीयलाई कुटपीट गराउन लगाएको भन्दै कडा कारबाहीको माग गरेका हुन् ।

विदेह नगरपालिकामा लगातार दोस्रो पटक नगरप्रमुखमा निर्वाचित भएका दासले आलोचना गरेकै भरमा कार्यकर्ता लगाएर अपहरणशैलीमा कुटपीट गराउन लगाएको आरोप लगाउँदै रोहिता अपराधिक छविका नगरप्रमुख साहमाथी कडा कारबाही हुनु आवश्यक रहेको बताए ।
गत शुक्रबार साँझ जनमत पार्टी विदेह नगरपालिका वडा नम्बर ८ कमिटीका अध्यक्ष एवं मण्डल केवट सेवा आश्रमको अध्यक्ष पदका प्रत्याशी सुरेश मण्डललाई एमाले मधेसका प्रमुख सचेतक लखन दास र नगरप्रमुख बेचन दासले अपहरणशैलीमा ज्यान मार्ने उद्देश्यले कुटपीट गराएको आरोप उनको छ । उनले नगरप्रमुख बेचन दास र प्रदेशसभा सदस्य लखन दासले सुरेश मण्डललाई कुटपीट गर्दै प्रहरी चौकी तिनकौरियामा बुझाएको दावी समेत गरे ।

उनले गाली गलौज गरेपछि सुरेश मण्डललाई नगरप्रमुख बेचन दासका मान्छेहरुले घरबाटै अपहरण गरेको र ज्यान मार्ने गरी कुटपीट गरेको आरोप लगाए ।

यता यो घटनाको मुख्य नाइके आफूलाई नगरप्रमुख दासले बताएकोमा आपत्ति समेत जनाए । उनले नगरप्रमुख आफै अपराधिक चरित्रको व्यक्ति रहेको र विभिन्न अपराधिक कृयाकलापमा संलग्न रहँदै आएको बताउँदै आफूलाई बिना कारण यो घटनासंग जोड्न खोजेको बताए । रोहिताले आफू नगरप्रमुख पदको प्रत्याशी उम्मेदवार रहेकाले घटना के हो बुझ्नु र घटनालाई शान्त पार्ने माहौल बनाउनु आफ्नो दायित्व रहेकाले मात्रै त्यहाँ पुगेको स्पष्ट पारे ।

Comment


Related News

Latest News

Trending News