२०८० कार्तिक १५, बुधबार १४:१८

काठमाडौंको गोठाटारमा गोली चलेको छ । प्रहरीले गोली प्रहार गरी एक भारतीय र एक नेपालीलाई नियन्त्रणमा लिएको छ ।

उनीहरूको साथबाट २ सय ग्राम ब्राउन सुगर र एउटा पेस्तोल बरामद भएको बुझिएको छ ।

प्रहरीले चलाएको एक राउन्ड गोली लागेर भारतको नक्सलबाढीका ४८ वर्षीय मोहमद करिम घाइते भएका छन् । झापाको कचनकवल-८ का हर्क लिम्बु पनि पक्राउ परेका छन्। लिम्बु सहयोगी भएको बुझिएको छ।

लागू औषध कारोबारीलाई नियन्त्रणमा लिनेक्रममा गोली चलाउनुपरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय स्रोतले जनाएको छ।

Comment

Related News

Latest News

Trending News