अपडेट 
२०८० कार्तिक १६, बिहीबार ०७:१६

मधेश प्रदेशबाट विदेशिनेहरुको संख्या बढिरहेको बेला सर्वसाधारणलाई ठग्ने गिरोहहरु पनि सक्रिय भएको छ ।

शिवम् ट्रेनिंग सेन्टरले दुबईका लागि कामदार पठाउन बुधबार अन्तरवार्ता लिइरहेको बेला श्रम कार्यालय जनकपुरधामका प्रतिनिधि पुग्दा भागाभाग भएको छ । शिवम् टे«निंग सेन्टरले गार्डेनियान्ब्च्म्क्ष्ल्क्ष्ब्)बिल्डिंग कन्ट्रेक्टींग यूएईका लागि इन्टरभ्यू लिइरहँदा श्रम कार्यालयका कर्मचारी पुगेका थिए । कर्मचारी पुगेपछि इन्टरभ्यू लिनेहरुसमेत अन्योलमा देखिए । शिवम् टे«निंग सेन्टरको सूचना पाटीमा टाँस गरिएको कम्पनीको नाममा श्रम स्वीकृतिसमेत रहेको छैन् ।

पूर्व श्रम स्वीकृति नलिइ कुनै प्रकारको इन्टरभ्यू अथवा विज्ञापन गर्न नपाउने श्रम सम्बन्धी ऐनमा प्रष्ट व्यवस्था गरिएको छ । शिवम् टे«निंग सेन्टरका सञ्चालक सुनिल प्रसाद साहले गार्डेनिया कम्पनी इजीवाई बिल्डसित आबद्ध रहेकाले इन्टरभ्यू गरिएको दाबी गरेका छन् । तर उनले यस सम्बन्धमा कुनै प्रमाण प्रस्तुत भने गर्न सकेका छैनन् । इजीवाई बिल्डको ८० जना कामदारका लागि मात्र पूर्व स्वीकृति प्राप्त रहेको छ । गार्डेनिया कम्पनीको नाममा श्रम स्वीकृति नरहे पनि शिवम ट्रेनिङ सेन्टरको कार्यालयमा रहेको सूचना पाटीमा १ हजार ७ सय जना ट्रेड चाहिएकोले जीसीसीओआर राम्रो काम जानेको सबै पास हुने उल्लेख छ । कामदारको ड्यूटी आवर ८ घण्टा र ४५ वर्ष उमेर ननाघेको सेन्टरको सूचना पाटीमा रहेको सूचनामा उल्लेख छ ।

आवश्यक कामदारहरुमा मेसनब्लक÷प्लास्टर÷टाइल्स), तलब १ हजार १ सय जोड ३ सय उल्लेख गरिएको सो सूचनामा सटरींग कार्पेन्टर, स्टिल फिक्सचर, स्काफोल्डरका लागि पनि उतिकै तलब र सुविधा लेखिएको छ । त्यसैगरि जिप्सम कार्पेन्ट र जिप्सम पेन्टरको तलब र सुविधा पनि १ हजार १ सय जोड ३ सय उल्लेख गरिएको छ । ड्युटी ८ घण्टा र महिनामा २६ दिन काम गर्नुपर्ने उल्लेख गरिएको सूचनामा उमेर २४ वर्षदेखि ४५ वर्षसम्म हुनुपर्ने उल्लेख गरिएको छ । श्रम स्वीकृति बिना इन्टरभ्यू भइरहेको सूचना पाएर शिवम् टे«निंग सेन्टर पुगेका श्रम कार्यालयका अधिकारीले इन्टरभ्यू रोकाएका थिए । श्रम तथा रोजगार कार्यालय जनकपुरधामका प्रमुख धर्मराज रोकायाले गैर कानुनी कार्य गरिरहेको शिवम् टे«निंग सेन्टरलाई सचेत गराएका छन् । ‘पूर्व श्रम स्वीकृति नलिएका कम्पनीका लागि इन्टरभ्यू गर्नु गैरकानुनी हो’ उनले भने, पहिलो पटक सचेत गराएको र दोस्रो पटक पाइएमा कडा कारबाही हुनेछ ।

संघीय सरकारमा श्रम तथा रोजगार मन्त्री लोकतान्त्रिक समाजवादी पार्टी( लोसपा)का वरिष्ठ नेता शरत्सिंह भण्डारी रहेका छन् । महोत्तरीबाट प्रतिनिधि सभामा निर्वाचित मन्त्री भण्डारीले मधेश प्रदेशबाट कामका लागि सर्वाधिक विदेशिने कामदार हरुसित भइरहेको ठगीलाई रोक्न ठोस पहल गर्नुपर्ने पीडितहरुले बताएका छन् । इजी बिल्डका लागि शिवम् टे«निंग सेन्टरमा बुधबारका लागिनै इन्टरभ्यू हुने समय तोकिएको थियो । तर त्यहाँ गार्डेनियाका लागि इन्टरभ्यू लिएको वरिष्ठ श्रम अधिकृत रोकायाले जनाए ।

इन्टरभ्यू रोकाएर सहभागीहरुलाई मेनपावर कम्पनी र त्यसले माग गरेका कामदारबारे श्रमको पूर्व स्वीकृति सम्बन्धी अनिवार्य रुपमा जानकारी लिनु पर्नेमा रोकायाले जोड दिए । ८० जना कामदारको पूर्व श्रम स्वीकृति पाएका इजी बिल्डका लागि जनकपुरधाममा नै दुई स्थान लगायत सुनसरीको इटहरीमा २ दिन, ललितपुरमा ३ दिन, रुपन्देहीमा १ दिन र बांकेमा १ दिन इन्टरभ्यूका लागि समय निर्धारण गरिएको छ । इन्टरभ्यूका लागि सयौंको संख्यामा मानिसहरु उपस्थित रहे पनि प्रहरीलाई जानकारी गराइएको थिएन् । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनुषाले अनभिज्ञता प्रकट गरेको छ ।

श्रम तथा रोजगार कार्यालयका प्रमुखनै इन्टरभ्यू स्थलमा पुगेपछि अन्तरवार्ता लिन बसेका मानिसहरुसमेत अल्मलमा परेका थिए । उनीहरुले इजी बिल्डका लागि ८० जनाको इन्टरभ्यू गर्न बसेको बताए पनि इन्टरभ्यू दिनेहरुले गार्डेनिया बिल्डिंग कन्टेक्टींगका लागि दिएको बताएका थिए । उनीहरुले बोर्डमा टांस गरिएको सूचना समेत कार्यालय प्रमुख रोकायालाई देखाएका थिए । इन्टरभ्यू दिन पुगेका कामदारहरुले दुबईमा १७ सय जनाको माग रहेको र सबैले इन्टरभ्यू पास गर्ने शिवम् टे«निंग सेन्टरका सञ्चालक सुनिल प्रसादले जनाएको बताए ।

Comment


Related News

Latest News

Trending News