अपडेट 
२०८० कार्तिक १६, बिहीबार १२:१७

सरकारले संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।

आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको बैठकले आज राति १२ बजेबाट संघीय संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । 

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य गर्ने व्यवस्था रहेको छ ।

बैठकले सहसचिव राधिका अर्याल र विश्वबाबु पुडासैनीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

Comment


Related News

Latest News

Trending News