अपडेट 
२०८० कार्तिक १६, बिहीबार १२:४७

नेपाल सशस्त्र प्रहरी बलले सीमानाकाका सीमास्तम्भहरुको पुर्ननिर्माण, मर्मत सम्भार र रंगरोगनको काम थालेको छ ।

मधेश प्रदेशका आठवटै जिल्लाको भारतिय सिमानाकामा रहेको सीमास्तम्भहरुको पुर्ननिर्माण, मर्मत सम्भार र रंगरोगनको काम सुरु गरिएको छ । मधेशका करिव चार हजार भन्दा बढि सीमास्तम्भहरु रहेकोमा अहिलेलाई १ हजार सिमास्तम्भको मर्मत र रंगरोगनको काम सुरु गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता वाहिनी मुख्यालयका प्रमुख दीपेन्द्र शाहले बताए ।

मधेशको आठवटै जिल्लामा आजबाट सो कार्य प्रारम्भ भएको जस्मा धनुषाका मात्र करिव १ सय ५० भन्दा माथि सीमास्तम्भको मर्मत र रंगरोगन हुने शसस्त्र प्रहरी बल धनुषाका प्रहरी उपरिक्षक दिनेश मल्लले बताए । बिहीबार धनुषाको सीमावर्ती नगरपालिका नगराईन नगरपालिकाको वडा नं. २ जटही नाका छेउको सिमा नं. २८५/४ बाट सो कार्यको शुभारम्भ गरिएको छ ।

२०७७ साल श्रावन १९ गतेको मन्त्री परिषद निर्णयवाट सिमाका ती स्तम्भहरु मध्ये विजोरा नम्वरका सीमास्तम्भहरुको पुर्ननिर्माण, मर्मत सम्भार रंगरोगनको काम नेपाल पक्षले गर्ने निर्णय बमोजिम सो कार्यको थालनी भएको बताइएको छ । दुवै पक्षका सिमा सुरक्षाबलका प्रमुखहरुले यसले सिमा स्तम्भको मात्र नभइ दुई देशकै सुरक्षा, सदभाव र प्राविधिक जटिलताको समाधान हुने बताए ।

सो अवसरमा नगराई नगरपालिकाका प्रमुख विनय कुमार यादव, मुखियापट्टी मुसहरनिया गाँउपालिकाका अध्यक्ष जय कुमार यादव, सम्बन्धित वडा अध्यक्ष, शसस्त्र प्रहरी बल धनुषाका प्रहरी उपरिक्षक दिनेश मल्ल, जिल्ला प्रशासन कार्यालय धनुषा सहितका प्रतिनिधीहरुको उपस्थिती थियो ।

Comment


Related News

Latest News

Trending News