अपडेट 
२०८० कार्तिक १६, बिहीबार १७:१५

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सत्तारूढ दलहरूले नै सङ्घीयता खारेज गर्छन् कि भन्ने आशङ्का व्यक्त गर्नुभएको छ ।

आज बिहीवार प्रतिनिधिसभाको बैठकमा अध्यक्ष यादवले अहिलेसम्म सङ्घीय निजामती ऐन र प्रहरी समायोजन ऐन नल्याएको भन्दै सत्तारूढ दलहरूले नै सङ्घीयता खारेज गर्छन् कि जस्तो देखिएको बताउनुभएको हो । उहाँले प्रदेशलाई अधिकार, कानुन र काम गर्ने आवश्यक जनशक्ति नदिँदा सङ्घीय लोकतान्त्रिक गणतन्त्र कसरी टिक्छ भनेर प्रश्नसमेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिलेसम्म सङ्घीय निजामती ऐन निर्माण गरिएन । एक जना माननीयले सङ्घीयता खारेज गरौँ भन्नु हुन्थ्याे । यहाँ भन्नै पर्दैन, यतैबाट खारेज गर्दिन्छन् कि जस्तो पो देखियो त । आठ/आठ वर्षसम्म सङ्घीय ऐन नबनाउनु, प्रहरी ऐन बनेको पनि कार्यान्वयन नहुनु र प्रदेशहरूलाई अधिकार, कानुन र काम गर्ने आवश्यक जनशक्तिसमेत नदिने अवस्थाले कसरी सङ्घीय गणतन्त्र टिक्छ ? कसरी सङ्घीय गणतन्त्र संस्थागत हुन्छ ?’

अध्यक्ष यादवले आउँदा दिनमा लामो समयसम्म संसद् अवरुद्ध हुने र संसदमा विधेयक नल्याउने प्रवृत्तिको अन्त्य हुनुपर्ने पनि बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News