अपडेट 
२०८० कार्तिक १७, शुक्रबार १७:५९

धनुषामा खसीको मासु भनेर बाख्राको मासु बेच्ने एक जना पक्राउ परेको छ ।

पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ४ महेन्द्रनगरका गुल्जार महम्मद रहेका छन् । इलाका प्रहरी कार्यालय धनुषाबाट खटेको गस्ति टोलीले महम्मदले महेन्द्रनगरमा सञ्चालन गर्दै आएको साहिल फ्रेस हाउस मासु पसलको अगाडि खसीको मासुको सानो टुक्रासंगै छाला बिनाको बाख्राको मासु बिक्रि गरिरहेको अवस्थामा फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको छ ।

सो मासु पसलबाट आठ किलो बाख्राको मासु बरामद भएको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिएका छन् ।

पक्राउ परेका मासु पसल सञ्चालक महम्मदलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषामा राखि थप अनुसन्धान कार्य भई रहेको धनुषा प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News