अपडेट 
२०८० कार्तिक १९, आईतवार ०८:२२

राजविराज । जिल्लामा आत्महत्याको घटना वृद्धि भइरहेको बेला २४ घन्टाभित्र तीन किशोरी सहित चार जनाले विष सेवन गरी आत्महत्याको प्रयास गरेका छन् ।

शनिवार मात्र एक युवा र एक युवतीले विष सेवन गरी आत्महत्याको प्रयास गरेका छन् । उनीहरुको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको छ । अस्पतालको आकस्मिक कक्षका अहेब महानायराण यादव परसैलाका अनुसार विष सेवनबाट गम्भीर विरामी परेका राजविराज नगरपालिका १५ का २२ वर्षीया नितेश कुमार यादव र तिरहुत गाउँपालिका ५ की १९ वर्षीया सन्जु कुमरी मंडल शनिवार उपचारका लागि भर्ना भएका छन् ।

शुक्रवार राति पनि विष सेवनबाट गम्भीर बिरामी परेकी राजगढ गाउँपालिका २ का १७ वर्षीया अर्चना कुमरी यादव र महादेवा गाउँपालिका १ का २२ वर्षीया वीणा कुमारी दास अस्पताल भर्ना भएकी थिइन ।

चारै जनाको विशेषज्ञ चिकित्सकको रेखदेखमा उपचार भइरहेको अस्पतालले जनाएको छ । चार दिनअघि पनि एकै दिन विष सेवनबाट अशक्त भएका दुई युवा र दुई युवती उपचारका गरी स्थानीय छिन्नमस्ता अस्पतालमा भर्ना भएका थिए । उनीहरु उपचारपछि घर फर्किसकेको सो अस्पतालका स्वास्थ्य संयोजक दीपेन्द्र यादवले बताए ।

परिवारिक कलह, घरेलु हिंसा, प्रेममा धोका, बेरोजगारी, गरिबी र मानसिक तनाव लगायत कारणले आत्महत्या र आत्महत्याको प्रयास गर्नेको संख्या बर्षेनि बढदै गएको प्रहरीको भनाइ छ । आत्महत्याका पछाडि पारिवारिक र प्रेम मुख्य कारणका रुपमा देखिए पनि वैदेशिक रोजगार, आर्थिक विपन्नता, बेरोजगारी, असफलता र तनाव लगायतका कारण पनि देखिएको मनोचिकित्कसहरु बताउँछन् ।

Comment


Related News