
महावीर युवा कमिटीले दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान संगै दशैको आय व्यय सार्वजनिक गरेको छ ।
कमिटीले शनिवार पत्रकार सम्मेलनको आयोजना गरी आय व्यय सार्वजनिक गरेको छ । कार्यक्रममा कमिटीका पूर्व अध्यक्ष अरुणकुमार साह, वरिष्ठ पत्रकार राम भरत साह र अध्यक्ष अजयकुमार गुप्ता लगायतले शुभकामना व्यक्त गरेका थिए । कमिटीले जारी गरेको आय व्ययमा कुल २९ लाख आठ हजार एक सय ८१ रुपैयाँ ५० पैसा आम्दानी गरेको छ भने ३६ लाख ४ हजार ५ सय ९४ रुपैयाँ खर्च रहेको छ ।
कमिटीका अध्यक्ष गुप्ताले दिएका जानकारी अनुसार विज्ञापनबाट तीन लाख ५१ हजार, सदस्यताबाट एक लाख पचास हजार, सहयोग रसिदबाट तीन लाख ५० हजार ७ सय २५, गोप्य अनुदानबाट एक लाख २५ हजार तीन सय ७५, दान पेटीबाट २५ हजार सात सय २५, रमाईलो मेलाबाट तीन लाख २१ हजार, भोगराग तथा महाप्रसाद बापत ४ लाख ५१ ह्जार र बोकावलीबाट ११ लाख ३३ हजार तीन सय ५६ रुपैयाँ ५० पैसा गरी कुल २९ लाख आठ हजार एक सय ८१ रुपैयाँ आम्दानी गरेको जनाएको छ ।
त्यस्तै खर्चतर्फ फ्लावर डेकोरेशन (रोहन फ् लावर) लाख चार लाख, भजन संध्या कार्यक्रम (पाँच दिन) चार लाख ६५ हजार ६ सय, साउण्ड एण्ड लाइटलाई चार लाख ३३ हजार ६ सय, रावणबद्ध मिस्त्री एक लाख ३५ हजार, लंका, रावण, कुम्भकरण, मेघनाथ बनाउने सामग्री २ लाख ५१ हजार ७ सय ६९, प्रसाद सामग्री ४ लाख ५१ हजार पाँच सय ७० रहेको छ । त्यस्तै प्रसाद (कालरात्रि) ८१ हजार, मन्दिरको इलेक्ट्रीक मिस्त्री खर्च २० हजार, चुनडी/गमछा ४५ हजार, मसलन्द दुई लाख ५४ हजार चार सय ६०, सीसीटीभी क्यामरा र सामग्री २ लाख ४१ हजार पाँच सय, मिस्त्री फिटिङ्ग १५ हजार, टेण्ट (शिवगुरु) दुई लाख ६१ हजार, हाथधुने वेसिन निर्माण मिस्त्री सहित ४० हजार तीन सय ७५, मिथिला पेन्टिङ्ग राजदेवी मन्दिरमा (पेन्ट तथा चिया नास्ता सहित) २० हजार, स्वयंसेवक, सहयोगी एवं कलाकारको भोजन बनाउने मिस्त्री (९ दिन सम्म) ४५ हजार, प्रसाद (भोग राग) बनाउने मिस्त्री २५ हजार, सफाइ कर्मचारीको नास्ता खाना भत्ता एक लाख ८१ ह्जार, सरसफाइ कार्यक्रम (३ पटक) ८८ हजार, एलइडी (१२/८) भाडा (दशदिनको) एक लाख ४६ हजार, राम मन्दिर पेन्टिङ्गको रंग खरिद ६० हजार एक सय र विविध खर्च ६५ हजार ७ सय २० गरि कुल ३६ लाख चार हजर पाँच सय ९४ रुपैयाँ खर्च विवरण सार्वजनिक गरिएको छ ।
त्यस्तै महाअष्टमी कालराक्क्त्रि (बोकावली)को आय व्यय समेत महावीर युवा कमिटीले सार्वजनिक गरेको छ । जसमा १५ हजार एक सय ६२ बोकावलीबाट दुई सयको दरले ३० लख ३२ हजार चार सय रुपैयाँ आम्दानी गरिएको छ । यस पटकको दशैमा राजदेवीमा जम्मा १५ हजार दुई सय ५१ बटा बली प्रदान गरिएको थियो । जसमा ८९ वटा विभिन्न संघसंस्थाको रहेको थियो जसको रसिद काटिएको थिएन् ।