अपडेट 
२०८० कार्तिक १९, आईतवार १३:४०

सरकारले जाजरकोट भूकम्पमा परि ज्यान गुमाएका व्यक्तिका परिवारलाई दुई लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको छ ।

सिंहदरबारमा आज आइतवार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय जानकारी गराउँदै सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले तत्काल राहतस्वरूप पहिलो चरणमा दुई लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभयो ।

यसैगरी जाजरकोट भूकम्पका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राहत तथा उद्धारको कामलाई तीव्रता दिने र घाइतेको निःशुल्क उपचार गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिनुभयो । अस्ति शुक्रवार राति जाजरकोट केन्द्रबिन्दु भई ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा एक सय ५७ जनाको ज्यान गएकाे थियो ।

Comment


Related News

Latest News

Trending News