अपडेट 
२०८० कार्तिक २०, सोमबार ०७:३८

विभिन्न दल परित्याग गरेका नेता तथा कार्यकर्ताहरुले नेपाल मधेश कम्युनिष्ट पार्टीको गठन गरेका छन् ।

जनकपुरधाममा कार्तिक १८ र १९ गते बसेको बैठकबाट पार्टीको पदाधिकारी चयन गरिएको छ । यस भन्दा पहिला गत असोज ४ गतेको बैठकबाट नेपाल मधेश कम्युनिष्ट पार्टीको ५१ सदस्यीय राष्ट्रिय सम्मेलन आयोजक समिति चयन गरिएको थियो । पार्टीको केन्द्रीय अध्यक्षमा प्रमोदनारायण यादवलाइ चयन गरिएको छ । उनी नेकपा एमालेको केन्द्रीय सदस्य पदबाट राजिनामा दिएर यो पार्टीमा आएका हुन ।

पार्टीको वरिष्ठ उपाध्यक्षमा लक्ष्मी ओली, उपाध्यक्षमा मातृका यादव र रामशरण यादव, महासचिवमा दिवाकर शर्मा, उपमहासचिवमा शंकर यादव र शंखु जैसी, सचिवमा गौतम ढुंगेल, कल्पना यादव र काजल खातुन चयन भएका छन् । सो क्रममा अध्यक्ष यादवले नेपालमा बहुदलीय जनवादबाट समाजवाद ल्याउने सपना साकार हुन नसक्ने भएकाले विशुद्ध कम्युनिष्ट पार्टीको रुपमा यो पार्टी गठन गरेको बताए । हाल देशमा विद्यमान रहेको राज्य प्रणालीमा त्रुटि रहेको भन्दै सात प्रदेशले मुलुकमा आर्थिक भार बढाएकोले मुलुकमा ३ वटा प्रदेश मात्रै हुनुपर्ने उनले धारणा राखे ।

पार्टीका वरिष्ठ उपाध्यक्ष लक्ष्मी ओलीले देश विकासमा मधेशको सबै भन्दा बढी योगदान रहेतापनि मधेशप्रति सरकारको अनुदार भावले मधेशी जनता विभेदको सिकार हुँदै आएको जिकिर गरे ।

Comment


Related News

Latest News

Trending News