अपडेट 
२०८० कार्तिक २०, सोमबार ०८:२५

जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेशस्तरिय प्रशिक्षक प्रशिक्षण शिबिर सुरु गर्न लागेको छ ।

सिराहाको लाहानस्थित मारवाडी सेवा सदनमा आजदेखि ३ दिने प्रशिक्षण शिबिर सञ्चालन गर्न लागेको हो । पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका शीर्ष नेताहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय कार्यकारिणी समिति सदस्य, केन्द्रीय तहका नेताहरु, प्रदेश समितिका सदस्यहरु, जिल्ला तथा स्थानीय तहका प्रतिनिधिहरु प्रशिक्षणमा सहभागी हुने छन् ।

प्रशिक्षणमा बौद्धिक पेसाकर्मी महासंघ, युवा संघ, विद्यार्थी युनियन, महिला संघलगायतका भ्रातृसंगठनका प्रतिनिधिहरुलाई पनि सहभागि गराइने भएको छ ।

Comment


Related News

Latest News

Trending News