अपडेट 
२०८० कार्तिक २०, सोमबार १३:५६

मधेश प्रदेश सरकारको सर्व दलिय बैठक सम्पन्न भएको छ ।

सोमबार मुख्यमन्त्री कार्यालयमा बसेको बैठकमा विभिन्न चारवटा कुरामा छलफल भएको मधेश प्रदेशका गृह,सञ्चार तथा कानुन मन्त्री मोहम्मद समिमले बताउनुभयो । बैठक पश्चात सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै मन्त्री समिमले शुक्रबार काठमाण्डु गएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउनेबारे छलफल भएको जानकारी दिनुभयो । उनले प्रदेश निजामति ऐन, प्रहरी समायोजन, गुठी र वन सम्बन्धी विषयमा प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउने निर्णय भएको बताउनुभयो । प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्रमार्फत मागहरु पूरा गर्ने अल्टिमेटम दिने, र उक्त अवधिमा माग पूरा नभए मुख्यमन्त्रीसहित, प्रदेशका मन्त्रीहरु काठमान्डुमा धर्नामा बस्ने निर्णय भएको मन्त्री समिमले बताउनुभयो ।

उक्त विषयमा २२ गत्ते पत्रकारसम्मेलनमार्फत थप जानकारी दिने सर्वदलिय बैठकबाट निर्णय भएको मन्त्री समिमले बताए ।

Comment


Related News

Latest News

Trending News