२०८० कार्तिक २१, मंगलवार ०८:०२

महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकास्थित एनएमबी बैंक लुटपाटमा संलग्न रहेको आरोपमा एक जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

गत जेठ १६ गते महोत्तरी गाउँपालिका–२ महोत्तरी बजारमा रहेको एनएमबी बैंकमा संगठित अपराध, डाँका तथा लुटपाट गर्ने घटनामा संलग्न मध्येका धनुषा जिल्लाका मुखियापट्टि मुसहर्निया गाउँपालिका–२ बस्ने मुखियापट्टि टोलका रामवरण रामको छोरा २२ वर्षीय अनरजित रामलाई सोमबार जिल्ला अदालत महोत्तरीले पुर्पक्षका लागि जलेश्वर कारागार पठाइएको महोत्तरीका प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।

Comment

Related News

Latest News

Trending News