अपडेट 
२०८० कार्तिक २२, बुधबार ०७:३७

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि उपकुलपति (भीसी) चयन गर्न बुधबार उम्मेदवारहरुको प्रस्तुतीकरण र अन्तरवार्ता( इन्टरभ्यू)हुने भएको छ ।

भीसीका लागि ९ जना चिकित्सकहरुले आवेदन दिएका छन् । उनीहरुको आवेदनलाई स्वीकार गरेर प्रस्तुतीकरण र इन्टरभ्यूका लागि समितिले बोलाएको छ । प्रतिष्ठानका भीसी डा.रामकेवल साहको निधन भएको ३ महिनापछि नयाँ भीसी नियुक्तिको प्रक्रिया थालिएको छ । प्रतिष्ठानमा हाल रजिष्टार डा.विनोद यादव र रेक्टर डा.अंकुर साह छन् । भीसीका लागि डा.साह पनि उम्मेदवार भएका छन् । स्थापनाकालमा तत्कालीन सरकारले भीसी, रजिष्टार र रेक्टरमा सोझै नियुक्ति गरेका थिए । तर यस पटक सार्वजनिक विज्ञापनबाट भीसीको छनोट गर्न थालिएको छ ।

प्रस्तुतीकरण र अन्तरवार्तामा अब्बल हुने ३ जनाको नाम भीसीका लागि स्वास्थ्य मन्त्रालय मातहतको समितिले सिफारिस गर्नेछ । त्यसपछि उपकुलपतिसमेत रहेका मुख्यमन्त्री सरोज कुमार यादवले भीसीको टुंगो लगाउने छन् । योग्यता र क्षमतालाई भीसीका लागि प्राथमिकता दिएको बताउँदै मुख्यमन्त्री यादवले भने, मधेश प्रदेशको स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय सेवा प्रदान गर्न प्रतिष्ठानको भूमिका महत्वपूर्ण हुनेछ । मधेश प्रदेश सरकारले प्रतिष्ठानसँगै मधेश कृषि विश्वविद्यालय र मधेश विश्वविद्यालय स्थापना गरेको छ ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहतमा प्रदेश अस्पताल जनकपुरधाम रहेको छ । विशेषज्ञ अस्पताल मुजेलियामा छुट्टै सञ्चालन गरिएको छ ।

Comment


Related News

Latest News

Trending News