अपडेट 
२०८० कार्तिक २२, बुधबार ०७:४२

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार राति ८ः४५ बजे प्रादेशिक अस्पतालमा छड्के अनुगमन गरेका छन् ।

सो क्रममा मुख्यमन्त्री यादवले अस्पतालको आकस्मिक कक्ष र प्रसूती गृहको निरीक्षण गरी स्वास्थ्य सेवा बारे रोगी र कुरुवाहरुसित जानकारी लिएका छन् । निरीक्षण पश्चात अस्पतालमा सरसफाई सुधार भएको महसुस गरेको मुख्यमन्त्री यादवले बताए । तर सेवालाई अझ बढी प्रभावकारी बनाउन चिकित्सक र स्वास्थ्यकर्मीहरुको डिउटी बढाउनुपर्ने आवश्यक रहेको उनले बताए । रोगीहरुको चापको अनुपातमा चिकित्सक र स्वास्थ्यकर्मीहरुको रात्रिकालीन डिउटीमा गुनासोहरु आएको उनले बताए ।

अस्पतालमा रहेका समस्याहरु समाधान गरी सेवालाई प्रभावकारी बनाउन अस्पताल व्यवस्थापनसित छलफल गर्ने उनले बताए । डिउटीको समयमा कुनै कर्मचारी वा चिकित्सकले लापरबाही गरे, कारबाही गर्ने मुख्यमन्त्री यादवले चेतावनीसमेत दिए ।

Comment


Related News

Latest News

Trending News