अपडेट 
२०८० कार्तिक २२, बुधबार ०८:२१

जिल्ला प्रशासन कार्यालय धनुषाले दीपावली र छठ पर्वमा पटाका नपड्काउन अनुरोध गरेको छ ।

मंगलबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले चाडपर्वको समयमा पटाका, आतिसवाजी जस्ता प्रज्ज्वलनशील पदार्थहरु नपड् काउन तथा बिक्री वितरण समेत नगर्न आग्रह गरेको छ । प्रशासनले सूचनाको अवज्ञा गरी कानुन विपरीतका कार्यहरू गरेको पाइएमा कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ । यस्तै प्रशासनले जुवा, तास नखेल्न र नखेलाउनसमेत आग्रह गरेको छ । मर्यादित रुपमा चाडपर्व मनाउन अनुरोध गर्दै प्रशासनले नेपाली संस्कृति, परम्पराको जगेर्ना गर्नुपर्ने बताएको छ ।

यस्तैे देउसी भैलो, नाचगान जस्ता मनोरञ्जनात्मक कार्यहरू राति १० बजेसम्म मात्रै गर्न सूचना जारी गरेको छ ।

Comment


Related News

Latest News

Trending News