अपडेट 
२०८० कार्तिक २३, बिहीबार ०६:४८

रौतहटको राजपुर फरदहवामा १६ वर्षअघि भएको बम बिस्फोट घटनाका आरोपित कांग्रेस नेता मोहम्मद आफताब आलामविरुद्धको मुद्दामा बुधबार जिल्ला अदालत गौरले बहस नोट माग्ने आदेश गरेको छ ।

पटक–पटक पेशी सर्दै आएको मुद्दाको फैसला हुने अनुमान गरिए तापनि १५ दिनभित्र लिखित बहस नोट पेश गर्न आदेश भएको छ । जिल्ला न्यायाधीश बाबुकाजी बानियाँको एकल इजलासले मुद्दाको गम्भीरतालाई मध्यनजर गर्दै वादी नेपाल सरकारको तर्फबाट जिल्ला सरकारी वकिलको कार्यालय जाहेरवाला कानुन व्यवसायी तथा प्रतिवादीहरूको तर्फबाट कानुन व्यवसायीलाई लिखित बहस नोट पेश गर्न भनी १५ दिनको समय दिइ लिखित बहस नोट पेश गर्ने आदेश भएको अदालतका श्रेस्तेदार उपसचिव उद्धव ढोडारीले जानकारी दिए ।

नेपाल सरकारले मुद्दा नचलाउने निर्णय गर्नुअघि वादी नेपाल सरकारले गरेको अनुसन्धानको क्रममा बुझिएको साक्षीको भनाइ व्यहोरा र नेपाल सरकारले मुद्दा नचलाउने गरेको निर्णय सर्वोच्च अदालतबाट बदर हुने गरी भएको आदेश पछिको अनुसन्धानका क्रममा बुझिएको साक्षीको मौकाको र अदालतको बकपत्र तथा प्रतिवादीको साक्षीले अदालतमा गरेको बकपत्रको समेतको संक्षिप्त व्यहोरासहित प्रस्तुत मुद्दा तुलनात्मक टिपोट तयार गरी उक्त मुद्दा २ वर्षभन्दा पुराना भएकोले प्राथमिकताका साथ पेशी तोकी कानुनबमोजिम गर्न भनी आदेश भएको श्रेस्तेदार ढोडारीले बताए ।

आलम २०७६ असोजमा पक्राउ परेका थिए । यमुनामाई गाउँपालिका–४ का त्रिलोकप्रताप सिंहलाई जिउँदै चिम्नीमा हालेर मारिएको भन्दै बाबु श्रीनारायण सिंह र अर्का मृतक ओसी अख्तरका आमा रोक्साना खातुनले आलमविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए । आलम हाल ललितपुरको नख्खु कारागारमा छन् ।

Comment


Related News

Latest News

Trending News