अपडेट 
२०८० कार्तिक २३, बिहीबार ०६:५२

शौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले मधेश क्षेत्रलाई लक्षित गरी ‘ शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता २०८०’ गर्न लागेको छ ।

प्रतियोगितामा मधेशका १६ वर्षभन्दा माथिका महिला सहभागी हुन सक्ने जनाइएको छ । प्रतियोगिता तीन चरणमा सम्पन्न हुनेछ । पहिलो चरणमा सहभागी महिलाहरुले आफ्नो विस्तृत जानकारी एवं आफ्नो एक चित्रकलाको प्रतिलिपि कम्पनीको वेबसाइट तथा फेसबुक पेजको क्युआर कोड स्क्यान गरी फारम भरी बुझाउन वा उपलब्ध फारम डाउनलोड गरी आवश्यक सम्पूर्ण जानकारी उल्लेख गरेर ह्वाट्सएप नम्बर ९८०२३३५५८५ मार्फत पनि पठाउन सक्ने जनाइएको छ ।

उक्त फारम कार्तिक २३ गतेदेखि मंसिर ८ गतेसम्म बुझाउन सकिने छ । फारम साथ उपलब्ध गराइएको चित्रकलाको आधारमा सहभागीमध्ये ७५ जना दोस्रो चरणको लागि छनोट हुनेछन् । दोस्रो चरणमा प्रवेश गरेका सहभागीले कम्पनीले उल्लेख गरेको विषयमा मिथिला चित्रकला क्यान्भासमा कोर्नुपर्ने छ । दोस्रो चरणको प्रतियोगिता शौर्य सिमेन्टको सिरहाको मिचैयास्थित आफ्नो उद्योग भित्र नै सञ्चालन हुनेछ । अन्तिम चरणका लागि ७५ सहभागीमध्ये उत्कृष्ट १५ सहभागी चुनिने छन् ।

यस चरणमा सहभागीले शौर्य सिमेन्ट उद्योगको भित्तामा मिथिला चित्रकला बनाउनु पर्ने हुन्छ । उनीहरुले बनाएको चित्रकलाको मूल्याङ्कन निर्णायक समितिले मूल्यांकन गरेको आधारमा उत्कृष्टलाई पुरस्कृत गरिने छ । प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्नेलाई रु. ७५ हजार दोस्रोलाई रु. ५० हजार, तेस्रोलाई रु. २५ हजार र बाँकी १२ जनालाई सान्त्वना स्वरुप पाँच÷पाँच हजार उपलब्ध गराईने कम्पनीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News