अपडेट 
२०८० कार्तिक २५, शनिबार १६:२८

जनकपुरधाममा धुमधामका साथ हनुमान जयन्ती मनाइएको छ ।

हनुमान जयन्तीको अवसरमा मिथिलाञ्चल सांस्कृतिक कला परिषदले जनकपुरधामस्थित युगलजोडी मन्दिर विहार कुञ्जमा हनुमान चालिसा पाठ, भजन किर्तन लगायतको कार्यक्रम गरेको छ ।

हनुमान जयन्तीको अवसरमा परिषदले रेल्वे स्टेशनबाट शोभा यात्रा निकाली नगर परिक्रमा समेत गरेको छ । परिषदका अध्यक्ष शम्भु साहले हिन्दु धमाबलम्बीहरु पर्व यमपञ्चकका बिच हनुमान जयन्ती पर्ने भएकाले ओझेलमा परिरहेको समयमा आफूहरु भगवान हनुमानको जयन्ती भव्यतापूर्वक मनाउन लागेको बताए । उनका अनुसार विगत १३ वर्षदेखि परिषदले हनुमान जयन्तीको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउँदै आईरहेको छ ।

शोभा यात्रामा सयौंको संख्यामा हिन्दू धर्मावलम्बिसहित विभिन्न हिन्दूवादी संघ संस्थाका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News