अपडेट 
२०८० कार्तिक २६, आईतवार १५:५०

भारतको उत्तराखण्डमा रहेको उत्तरकाशीमा निर्माणाधीन सुरुङ भत्किँदा कम्तीमा ३६ जना मजदुर फसेका छन् ।

मजदुरको उद्धारका लागि सुरुङ थुनेको ढुङ्गा माटो पन्छाउने काम भइरहेको उत्तरकाशीका एसपी अर्पण यदुवंशीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्ययमले जनाएका छन् ।

सडक आयोजना अन्तर्गत साढे चार किलोमिटर सुरुङमध्ये चार किलोमिटर निर्माण सम्पन्न भइसकेको सुरुङको ५० मिटर भाग भासिएको उहाँले जानकारी दिनुभयो ।

मजदुरहरुलाई सुरुङबाट बाहिर निकाल्न दुईदेखि तीन दिन लाग्न सक्ने प्रहरीले जनाएको छ । उनीहरुसँग अक्सिजन सिलिण्डर रहेको र थप अक्सिजन पठाउन पाइपलाइन समेत रहेकाले बचाउन सकिने आशा रहेको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News