
जनकपुरधामको जानकी मन्दिरमा ३५००० दिप प्रज्ज्वलन गरिएको छ ।
दीपावलीको उपलक्ष्यमा ३५००० दिप प्रज्ज्वलन गरिएको जानकी मन्दिरका छोटे महन्त राम रोशन दासले जानकारी दिए । उनले अब प्रत्येक वर्ष यसरी नै दीपावलीमा जानकी मन्दिरमा दिप प्रज्ज्वलन गर्ने बताए । जनकपुरधामवासी, स्थानीय युवा र श्रद्धालुहरुले दिप प्रज्ज्वलन गरेका छन् ।