अपडेट 
२०८० कार्तिक २८, मंगलवार १०:५३

जनकपुरधामबाट जयनगर जाँदै गरेको नेपाल रेल्वेको ट्रेनमा कटेर एक जनाको मृत्यु भएको छ ।

धनुषाको विदेह नगरपालिकाको बैदेही स्टेशनस्थित रहेको पुल छेउको रेल्वे लीकमा कटर एक जनाको मृत्यू भएको धनुषा प्रहरीले जनाएको छ । रेलमा कटेर मृत्यू हुनेमा भारत बिहारको जयनगर बेल्ही बस्ने अन्दाजी बर्ष ६० को विन्देश्वर दास रहेको जनाईएको छ ।

ट्रेन विहान ७ः०० बजे महोत्तरीको बिजलपुराबाट हिँडेको थियो । मृतक वृद्ध रेल्वेको ट्रेकमै हिँडिरहेका थिए । हर्न दिँदा पनि वृद्ध ट्रेकबाट नहटेको जनाइएको छ । ट्रेन स्पिडमा रहेकोले ब्रेक लगाउँदासम्म ठक्कर लागेको जनकपुरधामस्थित रेल्वेका ईन्जिनीयर रविन्द्र साहले जानकारी दिएका छन् ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

Comment


Related News

Latest News

Trending News