अपडेट 
२०८० कार्तिक ३०, बिहीबार ११:२६

रौतहटको सीमावर्ती भारतीय बजार बिहारको घोडासहनमा ट्रयाक्टरले किचेर नेपाली महिलाको मृत्यु भएको छ ।

स्थानीय पौराहा नगरपालिका ८ निवासी दिनानाथ पटेलको श्रीमती ५५ वर्षीय निसरिया देबि पटेलको मृत्यु भएको हो। छठ पर्वको लागि सामान खरिद गर्न श्रीमानसहित घोडासहन जाँदा बुधवार दिउँसो उक्त घटना भएको थियो।

घटनाको भारतीय प्रहरीले अनुसन्धान तथा कार्वाही प्रकृया अगाडि बढाएको खबर आएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दामोदर केसीले बताए ।

Comment


Related News