अपडेट 
२०८० मंसिर ५, मंगलवार ०७:५१

२०२६ को फिफा विश्वकप छनोट दोस्रो चरणमा आज नेपालले यमनको सामना गर्दै छ ।

दशरथ रङ्गशालामा खेल साँझ ७ बजे सुरु हुने छ । एएफसी एशिया कप २०२७ का रूपमा समेत हेरिएको यो खेलमा नेपाल जित निकाल्नै पर्ने दबाबमा छ । गत कात्तिक ३० गते दुबईमा भएको खेलमा नेपाल युएईसँग ४–० गोल अन्तरले पराजित भएको थियो ।

नेपाल फिफा वरियतामा १७३औँ स्थानमा छ भने यमन १५६औँ स्थानमा रहेको छ । उक्त प्रतियोगिताको खेल हेर्न साधारण प्याराफिटतर्फ रू चार सय र भिआइपी प्यारापिटतर्फ रू एक हजार मूल्य तोकिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

नेपालको समूहमा युएई, बहराइन र यमन रहेका छन् ।

Comment


Related News

Latest News

Trending News