अपडेट 
२०८० मंसिर ५, मंगलवार १४:४१

सप्तरी जिल्ला कारागार राजविराजमा कैद भुक्तान गरिरहेका एक कैदीको मंगलबार मृत्यु भएको छ ।

कर्तव्य ज्यान मुद्दामा २०७९ कार्तिक १६ गतेदेखि राजविराज कारागारमा कैद भुक्तान गरिरहेका राजविराज १५ का ६५ वर्षीय नन्दलाल मण्डलको मृत्यु भएको कारागार प्रमुख सदानन्द दासले जानकारी दिए ।

मंगलबार बिहान खाना खाएर शौचालय गएका उनी निस्केपछि लडेका थिए । उनलाई तत्काल उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ल्याइएकोमा उपचारको क्रममा मण्डलको मृत्यु भएको कारागार प्रमुख दासले जानकारी दिए ।

मृत्यु भएका मण्डल विगतमा दमको रोगी रहेको कारागार प्रमुख दासले जनाए ।

Comment


Related News