अपडेट 
२०८० मंसिर ६, बुधबार १३:५२

महोत्तरीको गौशाला नगरपालिकामा रहेको दुर्गा मन्दिरबाट चोरी भएको गहनासहित एक जना पक्राउ परेका छन् । महोत्तरीको गौशाला नगरपालिका वडा नं. ५  स्थित दुर्गा मन्दिरबाट चोरी भएको गरगहनासहित मंगलबार एक जना नाबालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

दुर्गा मन्दिरबाट चोरी भएको १४ आना बराबरको सुनको नथिया र टिकासहित उक्त बालकलाई ईलाका प्रहरी कार्यालय गौशालाले नियन्त्रणमा लिएको छ।

प्रहरी नियन्त्रणमा रहेको बालकसँग प्रहरीले सूक्ष्म तवरले सोधपुछ र अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक मनोजकुमार यादवले जानकारी दिए ।

बजारको मध्यभागमा रहेको दुर्गा मन्दिरमा माता दुर्गाको आभूषण भारतबाट १० लाख भारुमा खरिद गरि ल्याएको मन्दिरका पुजारी काशिकान्त झाले बताए ।

सोमबार छठी पारणका दिन मन्दिरबाट सो आभूषण चोरी भएको पुजारी झाले प्रहरीमा खबर गरेपछि प्रहरीले अनुसन्धानको क्रममा सो बालकलाई मंगलबार नियन्त्रणमा लिएको गौशाला प्रहरी निरीक्षक यादवले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News