अपडेट 
२०८० मंसिर ८, शुक्रबार ०९:००

प्राज्ञिक विद्यार्थी परिषद् नेपालले शिक्षा क्षेत्रमा देखिएका विकृति तथा समस्या विरुद्ध आगामी माघ महिनाभरि राष्ट्रयव्यापी शैक्षिक अभियान २०८० संचालन गर्ने भएको छ ।

परिषद्ले विहीवार जनकपुरधाममा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । मधेश प्रदेशको राजधानी जनकपुरधाममा सम्पन्न भएको तीन दिने वैठकवाट मुलुकमा शैक्षिक सुधारका लागि राष्ट्रव्यापी शैक्षिक अभियान २०८० चलाउने निर्णय गरेको छ । मंसिर ५, ६ र ७ गते जनकपुरधाममा वैठकले उक्त निर्णय गरेको छ ।

पत्रकार सम्मेलनमा विद्यार्थी परिषद्का महासचिव विष्णु प्रसाद पंगेनीले माघ महिनामा राष्ट्रव्यापी रुपमा शैक्षिक अभियान चलाउने निर्णय भएको जानकारी दिए । उनले संस्कृत शिक्षाको संरक्षण तथा सम्बद्र्धन गर्नका लागि विश्व विद्यालयमा स्नातक ( शास्त्री ) तहमा सर्वोत्कृष्ट अंक ल्याउने ३ जना विद्यार्थीहरुलाई सम्मान गर्ने निर्णय गरेको बताए । आगामी फागुन ५ र ६ गते काठमाण्डुमा संस्कृत विद्यार्थी सम्मेलन नै आयोजना गरेर संस्कृत विषयतर्फ स्नातक (शास्त्री) तहमा प्रथम हुनेलाई ५० हजार, द्वितीय हुनेलाई ३० हजार र तृतीय हुनेलाई २० हजार नगदसहित सम्मान गर्ने निर्णय भएको विद्यार्थी परिषद्का अध्यक्ष डा. गोपीनाथ कणेलले जानकारी दिए । यसले संस्कृत पढ्ने विद्यार्थीहरुको मनोवल बढ्ने विश्वास विद्यार्थी परिषद्को रहेको छ ।

यसका साथै परिषद् वैठकले पुसको १३ गते देखि १६ गतेसम्म शैक्षिक सुधारका लागि काठमाण्डुमा नै राष्ट्रिय विचार वर्ग सम्पन्न गर्ने भएको छ ।

Comment


Related News

Latest News

Trending News