अपडेट 
२०८० मंसिर ८, शुक्रबार १३:३६

प्रहरीले महोत्तरीको सम्सी नाकाबाट स्रोत नखुलेको नेपाली ८ लाख १० हजार ९ सय २० रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ ।

सम्सी गाउँपालिका-५ स्थित पोखरभिण्डा सीमा नाकामा जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०२-००६ प -१६२१ नम्बरको मोटरसाईकल चालकबाट नेपाली रुपैयाँ फेला पारिएको सशस्त्र प्रहरी नेपाल नं. ९ गण जलसागर महोत्तरीले जनाएको छ ।

पोखरभिण्डा बोर्डर आउट पोष्टबाट प्रहरी निरीक्षक सुवाश पहाडीको कमाण्डमा खटिएको गस्ती टोलीले उक्त रकम सहित २ नजालाई पक्राउ गरेको नं ९ गणका प्रमुख, एसपी लेखनाथ खनालले जानकारी दिए । पक्राउ पर्नेमा सम्सी गाउँपालिका ३ बस्ने २८ वर्षका रमेश कुमार साह र रामगोपालपुर नगरपालिका सहसौला बस्ने बर्ष ३२ का अनिल चौधरी छन् ।

स्रोत नखुलेको रकम सँगै नियन्त्रणमा लिएको मोटरसाईकल र २ थान मोबाईल सहित पक्राउ परेका दुवैलाई थप अनुसन्धानको लागि जलेश्वर भन्सार कार्यालयमा बुझाईएको एसपी खनालले जानकारी दिए ।

Comment


Related News