अपडेट 
२०८० मंसिर ९, शनिबार ०८:११

ओरेक नेपालले शुक्रबार जनकपुरधाममा प्रदेश स्तरीय परामर्श बैठक सम्पन्न गरेको छ ।

ओरेक नेपालका कार्यक्रम निर्देशक सुनिता मैनालीको अध्यक्षतामा भएको सो परामर्श बैठकमा सहभागीहरुले संचालनमा रहेको पर्यावरण मैत्री नमुना गाउँ कार्यक्रम अन्तर्गत भइरहेको कामका सम्बन्धमा जानकारी गराएका थिए । ओरेक नेपालले कोशी तथा मधेश प्रदेशमा सञ्चालन गरेको पर्यावरण मैत्री नमुना गाउँ (ईको भिलेज)को अबधारणा विस्तार गर्दै दिगो विकास लक्ष्य प्राप्तिमा सहयोग गर्ने उद्देश्यले सिराहा, धनुषा, महोत्तरी, सर्लाही जिल्लाको र कोशी प्रदेशका उदयपुर जिल्लाको विभिन्न गाँउपालिका तथा नगरपालिकामा विभिन्न कार्यक्रम गरिरहेका छन् । ती ११ वटा पालिका अन्तर्गत ईको भिलेजका सदस्यहरुले ईको भिलेज कार्यक्रम अनतर्गत विभिन्न चरणहरुमा भएको कामको असरले दिगो विकास लक्ष्यका लागि हुने सहयोगका सम्बन्धमा सहभागीहरुलाई जानकारी गराएको ओरेक महोत्तरी जिल्ला संयोजक वीणा सिंहले जानकारी दिइन ।

कार्यक्रममा मधेश प्रदेशमा रहेका कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका उप—सचिव, जनकपुरधाम उपमहानगरपालिकाका उप—प्रमुख किशोरी साह तथा ईको भिलेज संचालन भएको पालिकाका वडा अध्यक्षहरुसहित ५२ जनाको उपस्थिति रहेको थियो । प्रदेश स्तरीय परामर्श बैठक कार्यक्रम संचालन गरी बंठकबाट आएको निष्कर्षहरुको आधारमा कोशी तथा मधेश प्रदेशको विभिन्न स्थानीय तहमा रहेका पर्यावरण मैत्री नमुना गाउँ(ईको) भिलेजहरुको विस्तार प्रवद्र्धन तथा अद्यावधिक योजनासहित घोषणको लागि प्रदेश तथा स्थानिय सरकारसंग विभिन्न मागहरु राखिएको आयोजकले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News