अपडेट 
२०८० मंसिर १०, आईतवार ०८:३०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पूर्व उपसभापति विमलेन्द्र निधिले केही प्रतिक्रियावादी, लोकतन्त्र बिरोधी व्यक्तिहरुले हल्ला गर्दैमा व्यवस्था परिवर्तन नहुने बताएका छन् ।

शनिबार जनकपुरधाममा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले नेपाली जनताको आन्दोलनको बलमा निर्माण भएको संविधानसभाबाट नयाँ संविधान निर्माण भइ मुलुक संघीय गणतन्त्रात्मक व्यवस्थामा प्रवेश गरेकाले यसलाई केही व्यक्तिले हल्ला गर्दैमा बदल्ने नसकिने दाबी गरे । जनताद्वारा बनाइएको संविधानलाई उल्टाउन खोज्नेलाई जनताले मुहतोड जवाफ दिने उनले बताए ।

विगतका आन्दोलनमा मधेशी जनताको निर्णायक भूमिका रहेको चर्चा गर्दै नेता निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सुदृढ पार्न आन्दोलनको आवश्यकता परेमा सबैलाई तयार रहन उनले आग्रह समेत गरे । यस्तो अवस्था आइपरेमा नेपाली कांग्रेसले नेतृत्व गर्ने प्रष्ट पारे । उनले केही अराजक तत्त् वहरू संविधान र वर्तमान शासन व्यवस्थाविरुद्धमा विभिन्न खालका क्रियाकलाप गर्न खोजिरहेकाले सजग र सचेत रहन सबैमा आग्रह गरे ।

निधिले एक अर्को प्रसंगमा २०८४ सम्म यही गठबन्धनको सरकार टिक्ने स्पष्ट पारे । उनले भने ‘अहिले माओवादी केन्द्रको नेतृत्वमा सरकार छ, यसपछि एकीकृत समाजवादी र कांग्रेस नेतृत्वको सरकार रहने छ ।’ उनले गठबन्धनभित्र ३ प्रधानमन्त्रीले यो कार्यकाल चलाउने सहमति भएको र अहिलेसम्मको यही सहमति अनुसार गठबन्धन चलिरहेको बताए । यसका साथै गठबन्धनमै रहेर कांग्रेसले आगामी निर्वाचन लड्ने नलड्ने विषयमा छलफल चलिरहेको जानकारी दिए । कार्यक्रममा लोसपा परित्याग गरेका मनोज चौधरीको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी सयौँ नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

Comment


Related News

Latest News

Trending News